काठमाडौं । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ४ स्थित पिस्कर जान लागेको बा४ ख ५६१६ नम्बरको बस आज बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दुलहासहित ५२ जना घाइते भएको जनाइएको छ । गम्भीर घाइते सात जनालाई सिन्धु अस्पताल पठाइएको छ ।…