६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


भ्यान र ट्रक ठोक्किँदा १७ जना घाइते


0
Shares

काठमाडौं । चितवन– नारायणगढ– मुग्लिन सडकमा म्याजिक भ्यान र ट्रक ठोक्किँदा १७ जना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका वडा नंबर २९ स्थित चौधकिलोमा आज बिहान पौने १० बजे दुर्घटना भएको हो ।

मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना १ ज ४९५७ नम्बरको म्याजिक भ्यान विपरित दिशाबाट आइरहेको प्रदेश २–०३–००१ ख ०७०६ नम्बरको ट्रकसँग ठोक्किँएको हो । म्याजिक भ्यानको टायर पङ्चर भएर ट्रकसँग ठोक्किएको चितवन प्रहरीले जनाएको छ ।

घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।