काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टरमा एक जना पाइलटसहित चार यात्रु सवार रहेको नुवाकोटका डिएसपी तिलक भारतीले जानकारी दिनुभयो । हेलिकप्टरमा एक महिला र चार जना पुरुष रहेको प्रहरीले जनाएको छ ।