काठमाडौं । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले प्रधाानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मुस्लिम समुदायको महान पर्व ईदुल फित्र र ईदुल अज्हाको बिदा कटौति नगर्न माग गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर उनीहरुले अघिल्ला सरकारले दिदै आएको सार्वजनिक बिदा वर्तमान सरकारले कटौति गरेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले आफूहरुमाथि संविधानले दिएको राष्ट्रिय पहिचानमाथि…