काठमाडौं, भदौ १४ । अगस्ट ३० अर्थात् बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा आयोगमा दर्ता भएका उजुरीमाथि अनुसन्धान भइरहेको जानकारी गराइयो । आयोगमा ३ हजार १९७ उजुरी दर्ता भएकामा २ हजार ३६९ उजुरीको विस्तृत् छानबिन…