Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु


0
Shares

ओखलढुंगा । ओखलढुंगामा पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

गएराति आएको पहिरोले घर पुरिँदा मोलुङ गाउँपालिका–८ राँगादीपमा एकै घरका चार जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा घरमुली ५० वर्षीय पूर्णबहादुर राई र उनकी श्रीमती ४० वर्षीया धनकुमारी, ३ वर्षीय छोरा आशिष राई र पूर्णबहादुरकी दिदी ५५ वर्षीया मित्रमाया राई रहेको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले जानकारी दिए ।