काठमाडौं, साउन २६ । विश्वकै पहिलो महिला शंकराचार्य घोषणा गरिएकी हेमानन्द गिरीले आफ्नोबारे गलत प्रचार गरिएको भन्दै आपत्ति जनाएकी छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले केही गलत मानसिकता भएकाहरुले आफ्नोबारे नकारात्मक प्रचार गरेर बदनाम गर्न खोजेको आरोप लगाइन् । पत्रकार सम्मेलनमा उनले आफू शंकराचार्य नियुक्ति भएपछि गरिने रुद्राभिषेकको कार्यक्रम पशुपतिनाथकै परिसरमा गर्ने भनिएपनि…