काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउने गृहकार्य अघि बढाएको बताएको छ । सर्वोच्च अदालतबाट सम्पत्ति जफत हुने फैसला गरिएका घरजग्गा सरकारको नाममा ल्याउने प्रस्ताव गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद् पठाइएको हो । सर्वोच्चले हालसम्म सम्पत्ति जफत सम्वन्धी विभिन्न अदालतबाट गरेको ३ हजार ५ सय फैसला भएकोमा उनीहरुबाट जफत भएको सम्पत्ती सरकारको…