Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


प्रमुख निर्वाचन आयुक्त यादवलाई बिदाई

काठमाडौं, चैत १० । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलाई निर्वाचन आयोगबाट बिदाई गरिएको छ । आयोगले आइतबार आयोजना गरेको बिदाई कार्यक्रममा यादवले निर्वाचन कानुनमै निर्वाचन घोषणाको ब्यवस्था गरिनुपर्ने बताए । २०६२ सालमा आयुक्तको रुपमा आयोगमा प्रवेश गरेका यादव प्रमुख निर्वाचन आयुक्त हुँदै सेवानिवृत्त भएका हुन् ।