काठमाडैं, असार ४ । सर्वोच्च अदालतले लोकसेवा आयोगको स्थानीय तहमा कर्मचारी भर्नासम्बन्धी विज्ञापनको विवादका सम्बन्धमा बुधवार हुने भनिएको सुनुवाइ फेरि सरेको छ । न्यायाधीश हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडाको ईजलासले लोक सेवा विज्ञापनको विवादमा परेको फरक फरक रिटको एउटै ईजलासबाट सुनुवाइ गर्ने भन्दै छलफल फेरि सारिएको हो । यसअघि मंगलवार पनि सर्वोच्चले एउटै ईजलासबाट…