काठमाडौं । ललितपुरको दक्षिणी भेगमा पर्ने जलदेय्मा फागू पूर्णिमाको अवसरमा हरिसिद्धि देवीको तान्त्रिक गण नृत्य सम्पन्न भएको छ । हरिसिद्धि देवीको मन्दिर अगाडि तान्त्रिक नृत्य देखाइएको हो । प्रत्येक वर्ष फागुपुर्णिमा र योमरी पुर्णिमामा हरिसिद्धि देवीको नृत्य देखाउने परम्परा रहेको छ । मध्य रातमा तान्त्रिक साधना गरेपछि गणनृत्य प्रस्तुत देखाउने गरिन्छ । ब्रम्हायणी, बैष्णवी र…