बारा । बाराका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीहरु चढेको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी बलको १२ नम्बर गण, बारामा कार्यरत प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेल छन् । दुर्घटनामा बाराका प्रमुख जिल्ला अधिकारी(सिडिओ) गणेश भट्टराईसहित ४ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार…