काठमाडौं, असार ३१ । साझा यातायातले भोलि (बिहीबार) साउन १ देखि काठमाडौं उपत्यकामा बस सञ्चालन गर्ने भएको छ । साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेका अनुसार सरकारले तोकेको मापदण्ड पूरा गरेर बस सञ्चालन गर्न लागेको हो । शुरुमा २६ वटा बसले सेवा दिनेछन् । यात्रुको चाप बढेमा अरु बस पनि सञ्चालन गरिने पाण्डेको भनाइ…