भक्तपुर । चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१५ प ७२६५ नंको स्कुटरले भक्तपुर नगरपालिका १० भक्तपुर–चाँगु सडक वान्टीमा ठक्कर दिँदा पैदलयात्रीको आज मृत्यु भएको छ । स्कुटरको ठक्करबाट भनपा–२ भोलाछे बस्ने ४१ वर्षीया सुन्दरी सुवालको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । स्कुटरले उहाँलाई हिजो दिउँसो करिब २ः२०…