Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


जंगलमा लागेको डढेलोबाट ९ वर्षिया बालिकाको मृत्यु

गुल्मी, चैत २० । जंगलमा लागेको डढेलोमा परेर गुल्मीमा एक बालिकाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका वडा नम्बर ७ वाग्ला धाराखोली जङ्गलमा लागेको आगोमा परि ९ वर्षकी बालिका संगिता परियारको मृत्यु भएको हो । घर नजिकैको खोलामा नुहाएर घर फर्कने क्रममा जंगलमा लागेको डढेलोमा परेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ…