काठमाडौं । ललितपुरको गोदावारी स्थित विशंखुनारायण सामुदायिक वनमा साहसिक खेल जिपलाइन सञ्चालनमा आएको छ । साहसिक पर्यटन व्यवसायी राजकुमार श्रेष्ठले साहसिक खेल जिपलाइन सञ्चालनमा ल्याउनुभएको हो । ललितपुरको सातदोबाटोबाट करिब ७ किलोमिटरको दुरीमा रहेको विशंखुनारायण वनभित्र जिपलाइन सञ्चालनमा ल्याइएपछि खेल खेल्न आउने आन्तरिक पर्यटकहरूको संख्या पनि बढेको छ । एकतर्फ ४ सय मिटर र अर्कोतर्फ…