मेलम्ची । सिन्धुपाल्चोकमा गत शनिबार रातीदेखि आएको बाढीले अहिलेसम्म ६० वटा घर टहरा बगाइसकेको छ । ठूलो वर्षा नभए पनि मेलम्ची खोलाको मुहान क्षेत्रमा निरन्तर गइरहेको भीषण पहिरोका कारण खोला थुनिएर पटक पटक बाढी आइरहेको हो । हालसम्म कम्तिमा ६० वटा घर टहरा बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा…