काठमाडौं । १४ औं देखि १७ औं शताब्दीमा निर्मित तीन वटा धार्मिक, साँस्कृतिक र पुरातात्विक महत्वका पौभा कलाहरु अमेरिकाबाट फिर्ता ल्याइएको छ । करिब ४५ वर्ष अघि चोरी भएका यी पौभा कला नेवाः गुथी, न्युयोर्कको पहलमा फिर्ता गरिएको हो । जसमा काठमाडौ, इतुम्बहाको १४औं शताबदीको ‘गगनसिंह र उनका श्रीमतीहरु’, १७औं शताब्दीको ‘चिन्तामणि लोकेश्वर र तारा’…