काठमाडौं । त्रेतायुगमा सीतारामले रङ, अबिर दलेर होली खेलेको सम्झनामा मिथिला मध्यमा परिक्रमामा सहभागीहरूले कञ्चनवनमा उत्सव मनाएका छन् । मिथिला विहारीको डोलासँगै कञ्चनवन पुगेका तीर्थयात्रीहरूले एकअर्कालाई रङ, अबिर दल्दै बिहीवार होलीको उल्लास साटेका छन् । संस्कृतिविद्हरूकाअनुसार परिक्रमा डोला कञ्चनवन पुगेपछि होली खेल्ने परम्परा रहेको छ । मिथिलाञ्चलका विभिन्न मठ–मन्दिरका महन्थ, सामाजिक तथा सांस्कृतिक अभियन्ता, राजनीतिक…