काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महिला न्यायाधीशहरु नेपालको न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्ने बताउनुभएको छ । सोमवार ललितपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो तर्फबाट महिलालाई न्यायालय र न्यायप्रणालीको गौरव बनाउने कुरामा सकेको सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । प्रधानन्यायाधीश राउतले…