काठमाडौं । सर्वोच्च अदालतमा आज (बिहीबार) पूर्ण बैठक (फुलकोर्ट) बस्ने भएको छ । गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गर्नका लागि बैठक बोलाइएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबाहेकका न्यायाधीशहरूबीच बुधबार भएको छलफलबाट बिहीबार ‘फुलकोर्ट’ बैठक राखेर गोला प्रथाबाट पेशी तोक्ने विषयमा निर्णय गर्ने सहमति भएको थियो । न्यायाधीशहरूको बैठकले १५ मंसिरदेखि गोला प्रथाबाट इजलास गठन गर्ने निर्णय…