काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको छ । गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा जोडेर सोही दिन पक्राउ गरिएका मिश्र ५० दिन हिरासतमा बसेपछि सर्वोच्चको आदेशबाट रिहा हुने भएका छन् । मिश्रकी श्रीमती सारिका कार्कीले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा शुक्रबार सुनुवाई गर्दै…