काठमाडौं । राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी)की सांसद जयन्तीदेवी राईले इजरायल र इरानमा रहेका नेपालीहरूको अवस्थाबारे सदनमा जानकारी गराउनुपर्ने माग गर्नुभएको छ । बिहीबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद राईले मध्यपूर्वमा देखिएको तनावका कारण इजरायल र इरानमा रहेका नेपालीहरूका परिवार विक्षिप्त रहेको बताउनुभयो । उहाँले मध्यपूर्वमा रहेका नेपालीहरू भन्दा बित्तिकै आउन सक्ने अवस्था नरहेको बताउँदै…