काठमाडौं । सरकारले ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुुरक्षा भत्ता दिने भएको छ । संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसअघि रहेको ७० वर्षको दायरालाई बढाएर ६८ वर्षमा ल्याइएको बताउनुभयो । सामाजिक सुरक्षा भत्ता नलिने नागरिकहरुलाई सरकारले सम्मान गर्ने उहाँले बताउनुभयो । ज्येष्ठ नागरिकले मासिक ४ हजार रुपैयाँ पाउँदै आएका…