नागरिक उड्ययन प्राधिकरणले भन्यो, ‘सम्पर्कविहीन विमानको खोजी जारी छ’ « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Thu Jun 30 2022


नागरिक उड्ययन प्राधिकरणले भन्यो, ‘सम्पर्कविहीन विमानको खोजी जारी छ’


234
Shares

काठमाडौं । नेपालको हवाई क्षेत्रको सर्वोच्च निकाय नेपाल नागरिक उड्ययन प्राधिकरणले सम्पर्कविहीन भएको तारा एयरको विमानको खोजी भइरहेको जनाएको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले विहान १० बजेर ७ मिनेटपछि सम्पर्कविहीन विमानको खोजीकार्य जारी रहेको जनाएको हो ।

खोजीका लागि हेलिकोप्टर पठाए पनि खराब मौसमका कारण हेलिकोप्टर जोमसोम नै फर्किएको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘काठमाडौं, पोखरा र जोमसोमको विमानस्थलमा खोज तथा उद्धारका लागि हेलिकोप्टरहरू तयारी अवस्थामा राखिएकाले मौसममा सुधार आउनासाथ हवाईमार्गबाट खोजी कार्य पुनः सुरु गरिनेछ ।’

नेपाली सेना र नेपाल प्रहरीको पैदल टोलीले पनि खोजीकार्य जारी राखेको विज्ञप्तिमा उल्लेख छ ।