काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद् क्षति न्युनिकरणका लागि चीनसँग समन्वय बढाउनु जरुरी रहेको बताएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले चीनसँग सूचना आदानप्रदान नहुने हो भने नेपाल जतिबेला पनि दुर्घटनाको जोखिममा रहेको बताएको हो । प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले विपद्बाट लड्न चीनसँग स्थायी समन्वय जारी राखि…