काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राझाँचोकमा सोमबार राति मोटरसाइकलको ठक्करबाट चेकिङमा खटिएका प्रहरी हवल्दारको मृत्यु भएको छ भने एक प्रहरी जवान घाइते भएका छन् । सोमबार राति ९ बजे ट्राफिक प्रहरीसहितको टोलीले सवारी साधन चेकजाँच गर्दै गर्दा भे १० प ४७५७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बर्दियाको बाँसगढी नगरपालिका–६ घर भई अस्थाई प्रहरी बिट राझाँ बाँकेमा…