रसुवा । रसुवाको आमाछोदिङ्मो गाउँपालिका गोङगाङमा आज बिहान सुख्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा गोसाइँकुण्ड गाउँपालिका–६, ठाडेका ५५ वर्षीय ग्यालछिरिङ तामाङ रहेका छन् । पहिरोले पुरिएर घाइते भएका गोङगाङकै कार्साङ लामाको उद्धार गरेर स्याफ्रु पठाइएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जना सडकमा…