धनकुटा । विश्वविद्यालय ऐन बनेर प्रदेश सरकारलाई हस्तान्तरण गरेको २ वर्षपछि मनमोहन प्राविधिक विश्वविद्यालयले स्नातक तहको इन्जिनियरिङ्गको पढाइ सुरु गर्ने भएको छ । धनकुटामा शनिबार पत्रकार, शिक्षक प्रतिनिधि र विद्यार्थीबीच भएको अन्तरक्रियामा विश्वविद्यालयका डिन डाक्टर प्रचण्डमान प्रधानले स्नातक तहको इन्जिनियरिङ्ग पढाइ सुरु गर्न लागिएको जानकारी दिनुभयो । आगामी वैशाखदेखि ४ वर्षे सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल र…