काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको न्यून प्रभाव रहेको छ । आज (शुक्रबार) बिहान देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।…