काठमाडौं । वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापा पुरानो विमानका कारण दुर्घटना हुन नसक्ने जिकिर गर्नुभएको छ ।थापाले पुरानो विमानका कारण दुर्घटना नहुने भन्दै उड्ने समय सकिएपछि चल्दै नचल्ने अवस्थामा पुग्ने बताउनुभयो । तारा एयरको विमान दुर्घटनालाई लिएर विज्ञहरूले विभिन्न तर्कहरु अघि सारिरहेको बेला थापाले पुरानो विमान भएकैले दुर्घटना भयो भन्न नमिल्ने तर्क गर्नुभयो ।…