स्याङ्जा । स्तरोन्नत्तिका क्रममा रहेको गल्याङ नगरपालिका अन्तर्गत बायाँटारी–राम्दी सडक खण्डको अनुगमन गरिएको छ ।
सडक डिभिजन कार्यालय पोखरासँगको समन्वयमा वर्खायाम लागेसँगै गल्याङ नगरपालिका भित्रपर्ने सिद्धार्थ राजमार्गको खाल्डाखुल्डी पुर्ने र बाटो निर्माणका लागि नगर प्रमुख गुरु प्रसाद भट्टराईले अनुगमन गर्नुभएको हो ।
नगरभित्र पर्ने सिद्धार्थ राजमार्ग र शाखा बाटो बर्खाको समयमा कुनै पनि ठाउँमा जनताले दुःख नपाउन् भनेर नगरपालिकाको मेसिन र प्राविधिकलाई चौबिसै घण्टा तयारी अवस्थामा रहन निर्देशन दिनुभयो ।
अनुगमनमा सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर सुरेन्द्र गौतम, सव–इन्जिनियरद्वय विनोद रिजाल र इन्द्र बहादुर राना तथा स्थानीयको उपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस्