तनहुँ। तनहुँको भानु नगरपालिका–२ का दुई जना युवकको माछामार्ने क्रममा आइतबार खोलामा डुबेर मृत्यु भएको छ । २२ वर्षीय सागर गुरुङ र ३५ वर्षीय धनबहादुर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक प्रकाश भुषालले जानकारी दिनुभयो । भानु २ र ५ को सङ्गमस्थल चुँदी खोलको बाङ्गेरहमा पौडी खेल्दै माछा मार्ने क्रममा दुवै जनाको…