अटिजम विद्यालय निर्माणका लागि कार्निभल « Imagekhabar – Online News Portal of Nepal
१९ असार २०७९, आईतवार | Sun Jul 3 2022


अटिजम विद्यालय निर्माणका लागि कार्निभल


0
Shares

काठमाडौं । डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाहरुका लागि विशेष विद्यालय निर्माण गर्ने लक्ष्यका साथ युवा उद्यमीहरुको सामाजिक संस्था राउण्ड टेबल इन्टरनेशनलको नेपाली च्याप्टर राउण्ड टेबल नेपालले आगामी असार ४ मा एक विशेष कार्निभल आयोजना गर्ने भएको छ ।

स्कुल फर स्पेसल्स् प्रोजेक्टको रुपमा राउण्ड टेबल नेपालले पहिलो चरणमा काठमाडौ उपत्यकामा एक विशेष स्कुल निर्माण गर्नेछ भने डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकालाई पढाउने जुनसुकै स्कुलको विकास र वृृद्धिका लागि सहयोग गर्ने लक्ष्य समेत राखेको छ ।

यसकालागि संस्थाले फण्ड रेजर इभेन्ट आयोजना गर्न लागेको हो । मल्ल होटलमा आयोजना हुने यस विशेष कार्निभलमा होटल र खाना र पेय उपलब्ध गराउने भएको छ ।

बालबालिकाका लागि विशेष खेल, डिजे र लाइभ ब्याण्डको प्रस्तुती समेत हुने जनाइएको छ । वियर कार्निभलका रुपमा आयोजना हुने यस कार्यक्रमको प्रवेश टिकटदर १ हजार रुपैयाँ तोकिएको छ ।

यस कार्निभलको आयोजनाको लागि निःशुल्क रुपमा होटल उपलब्ध गराएर होटल मल्लले स्कुल फर स्पेसल परियोजनामा सहकार्यको हात बढाएको हो ।