काठमाडौं । सर्वोच्च अदालतले जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरकी सहायक न्यायाधिवक्ता संगीता थोकरको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले आइतबार (आज) सहायक न्यायाधिवक्ता थोकरलाई सरुवा गर्नुको कारण पेश गर्न महान्यायाधिवक्ता कार्यालयको नाममा आदेश जारी गरेको हो । यस्तै इजलासले रिट निवेदक थोकरको सरुवा नगरी ललितपुरमा राख्नुपर्ने माग रहेको…