काठमाडौं । नेपालमा रहेका यौनिक तथा लैङ्गिक र अल्पसंख्यक समुदायहरूले जिउन पाउने न्यूनतम अधिकारबाट आफूहरू वञ्चित भएको गुनासो गरेका छन् । उनीहरूले प्रजनन अधिकारदेखि नागरिकता, जन्मदर्ता र शैक्षिक प्रमाणपत्रमा समेत पहिचान खुलाउन नपाएको पीडा पोखेका छन् । कतिपय ठाउँमा समाजसँग जुध्ने सामर्थ्य नहुँदा आफ्नो परिचय लुकाएर बाँच्नु परेको विवशता यो समुदायको छ । सरकारी कागजातदेखि…