काठमाडौं । न्यायपरिषद्को बैठकले २२४ जना जिल्ला न्यायाधीशहरुको सरुवा गरेको छ । मंगलबार बसेको परिषद्को बैठकले विभिन्न जिल्लामा तीन वर्षभन्दा लामो समय बसेका न्यायाधीशहरुको सरुवा गरेको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बसेको परिषद्को बैठकले उनीहरुको सरुवा गरेको जनाइएको छ । त्यस्तै, परिषद्ले जिल्ला न्यायाधीशका लागि आवेदन आव्हान गरेकोमा ६३ जनालाई प्रारम्भिक छनोट पनि…