काठमाडौं । लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको सतह बढ्दै गएको छ । पानीको बहाव बढेपछि ३६ मध्ये २२ ढोका खुला गरिएको छ । बुधबार रातिदेखिनै नारायणी नदीको जलसहत बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमीलाई मध्यनजर गर्दै गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको त्रिवेणीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रजिन रानाले जानकारी दिनुभयो ।…