सिन्धुली । जिल्लाका केही सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा बेहोस हुने समस्या देखिएको छ । सुनकोशी गाउँपालिका–७ स्थित गणेश माध्यमिक विद्यालय र हरिहरपुरगढी गाउँपालिका–२ स्थित जनप्रभात निम्न माध्यमिक विद्यालयका विद्यार्थीमा बेहोस हुने समस्या देखिएपछि पठनपाठनमा समस्या भएको छ । एकै पटकमा दर्जनौं विधार्थीमा बेहोस हुने समस्या देखिएको विद्यालय प्रशासनले जनाएको छ । उनीहरूमा टाउको दुख्ने, हातगोडा…