काठमाडौं । चाडपर्व नजिकिंदै गर्दा महोत्तरीको धार्मिक र सांस्कृतिक नगरी मटिहानीको नयाँ स्वरुप फेरिंदै गएको छ । रामायणकालीन सभ्यताका कैयौं कुरासँग जोडिएको मटिहानीमा अहिले धार्मिक र सांस्कृतिक महत्वको संरक्षण गर्न थालिएपछि यसको सौन्दर्यमा वृृद्धि हुँदै गएको हो । त्रेतायुगमा राम–सीताको विवाह हुँदा यज्ञस्थल बनाउन मटिहानीकै माटो खनिएको विश्वास गरिन्छ । त्यतिखेर माटो खनिएको ठाउँ लक्ष्मीसागर…