काठमाडौं । भक्तपुरको सूर्यविनायक चोकमा सल्लाघारीबाट जगातितर्फ जाँदै गरेको बा१प १५५१ नंको बसले ठक्कर दिदाँ एक पैदल यात्रुको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते हुनेमा भक्तपुर नगरपालिका–१ दूधपाटी बस्ने ७२ वर्षीया दिलमाया श्रेष्ठको सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो…