Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


वडा अध्यक्ष र सचिव घुससहित पक्राउ


156
Shares

काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष र वडा सचिव घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडा अध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई घुससहित पक्राउ गरेको हो ।

जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहवरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग गरेपछि निगरानी गरेको अख्तियारको टोलीले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

Skip This