बैतडी । बैतडीको मेलौलीमा रहेको एक विद्युत सामग्रीको पसलमा आगलागी भएको छ । जिल्लाको मेलौली नगरपालीका–७ हरिपुरबजारमा रहेको कृष्ण सिह भण्डारीले सञ्चालन गरेको न्यू उर्जा ट्रेडर्समा आगलागी हुँदा १२ लाख बढीको क्षति भएको हो । शुक्रबार राति विद्युत सट भई आगलागी हुँदा पसलमा आगलागी भएको बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो…