१८ जेष्ठ २०८०, बिहिबार | Thu Jun 1 2023


अलपत्र भवन र छात्रावास निर्माण गर्ने जिम्मासहित पालिकालाई हस्तान्तरण


91
Shares

महेश कार्की
बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिका २ कोल्टी स्थित जनप्रकाश माध्यमिक विद्यालयको भवन र छात्रावास निर्माण गर्ने जिम्मासहित नगरपालिकालाई हस्तान्तरण गरिएकाे छ ।

लामो समयदेखि निर्माणमा अलपत्र रहेको जनप्रकाश माविको भवन र छात्रावास वुढिनन्दा नगरपालिकालाई पुन निर्माण गर्ने जिम्मासहित हस्तान्तरण गरिएकाे हाे ।

जिल्ला समन्वय प्रमुख तुल्छीराम रोकायले आज एक औपचारिक कार्यक्रमकाबीच नगरपालिकालाई हस्तान्तरण गर्नु भएको हो।

भारतको तीन करोड ६७ लाख २० हजार ८ सय ७७ रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको विद्यालयको भवन करिव ८ वर्षपछि निर्माणधिन अलपत्र अवस्थामै बाजुरा जिल्ला समन्वय प्रमुखले नगरपालिकालाई बुझाउनु भएको हाे ।

२०७२ चैत २८ गते जिल्ला विकास समिति बाजुरा र ग्याल्वो निर्माण सेवा प्रा.लि काठमाडौंबीच निर्माण सम्झौतापछि निर्माण जिम्मा पाए पनि भवन र छात्रावास निमार्ण कार्य जम्मा ४२ प्रतिशत काम भएको र ५० प्रतिशत भुत्तानी भएको भारतीय राजदुतावासले निकालेको योजना प्रगति प्रतिवेदनमा उल्लेख छ ।