झापा । झापामा बन्द गराउँदै हिँड्ने २५ जना आन्दोलकारीलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार झापाको दमक, बिर्तामोड, काँकरभिट्टा, चारआलीलगायत स्थानबाट २५ जना बन्दकर्तालाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बन्दकर्ताहरूले सडकमा उभिएर यातायातका साधन नचलाउन दबाब दिएका थिए। उनीहरूले सडकमा अवरोधसमेत गरेको प्रहरीले जनाएको छ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहित विभिन्न पहिचानवादी दल…