काठमाडाैं । मकवानपुरमा आज भएको दुई फरकफरक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी र हेटौँडामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आज दिउँसो मकवानपुरको भीमफेदी–४, ठूलो गुन्डेङ भन्ने स्थानमा भैँसेतर्फ आउँदै गरेको ना२ह ४६८९ नम्बरको अटो आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ९० मिटर तल…