काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले भृकुटीमण्डपस्थित राष्ट्रिय अपांग कोषको कृत्रिम मानव अंगहरू राखिएको गोदाम र समाज कल्याण परिषद्को आगलागी भएको गोदाम घरको अवलोकन गर्नुभएको छ । आइतबार गृहमन्त्री खाँणले समाज कल्याण परिषद्को आगलागी भएको गोदामको अवलोकन गर्नुभएको हो । आगलागी भएको गोदामको अवलोकपछि सञ्चारकर्मीहरुसँग बोल्दै गृहमन्त्री खाँणले परिषद्लाई चाँडै सरकारले सामग्रीहरु हस्तान्तरण गर्ने बताउनुभयो ।…