काठमाडौं । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तिम बहस सुरू गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा शुक्रबार सुनुवाइ सुरु भएको हो । यतिबेला लामिछानेका वकिलहरुले बहस गरिरहेका छन् । बुधबार सर्वोच्चको संवैधानिक इजलासमा गृहमन्त्री लामिछाने र सरकारी…