काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिभिजनले व्यापारिक आम्दानीमा अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ । मंगलबार नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपाल टेलिभिजनले आफूलाई थप व्यवसायिक र प्रतिष्पर्धी बनाउँदै लानुपर्ने चुनौति रहेको बताउनुभएको हो । उहाँले उपलब्ध साधन, स्रोत र जनशक्तिको परिचालन गरी व्यापारिक आम्दानीमा अभिवृद्धि गर्नुपर्ने बताउनुभयो…