काठमाडौं । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको सुरक्षा समितिको बैठकले मंसिर ४ गते सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै ४ गते बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म उपत्यकाको सवारी आवागमन बन्द गर्ने निर्णय गरेको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिनुभयो ।…