
चितवन । चुनाव प्रचारमा रहेको चितवन क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ । श्रेष्ठको कार भरतपुरमा तोडफोड भएको हो ।
अपरिचित समूहले आज बिहान ११ बजेतिर बा ३ च २०५० नम्बरको प्राडो कारमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
गाडी रोकेर भेटघाटमा रहेको बेला तीन वटा मोटरसाइकल चढेर आएका ६ जनाको समूहले सिसा फुटाएर भागेको प्रहरीको भनाइ छ ।
प्रहरीले गाडी तोडफोडमा संलग्नको पहिचान नखुलेको र उनीहरुको खोजी भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्